Sagun Khabar
तिहारमा भकुण्डो खेल्दै भैलो गाउने चलन 

बैतडी–बैतडीको मेलौली नगरपालिका वडा नं ९ को असुर गाउँमा तिहारको समयमा भकुण्डो खेलेर भैलो खेल्ने चलन रही आएको छ । हरेक बर्ष लक्ष्मीपूजाका दिनदेखि भाइटीकासम्म भकुण्डो खेल्दै भैलो गाउने चलन रही आएको स्थानीय निलकण्ठ भट्टले बताए । 

छालाबाट बनेको भकुण्डोलाई खुट्टाले खेल्दै भैलो गाउने चलन रही आएको भट्टले बताए । लक्ष्मीपूजाका दिन घरघरमा गएर भकुण्डो खेल्दै भैलो गाउने चलन रहीआएको छ भने भाइटीकाको दिन एकठाउँमा जमा भएर भकुण्डो खेल्दै भैलो गाउने चलन रही आएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीय भाषामा भैलो गाउँदै भकुण्डो खेल्ने गरिन्छ । गौरा मनाइने खलामै भकुण्डो खेल्दै भैलो गाउने चलन रही आएको छ । भकुण्डो खेल्नका लागि भाइटीकाको दिन तछाडमछाड हुने गरेको छ ।  

शिवकेदार देवताको गाथाको रुपमा भैलो खेल्ने चलन रही आएको भट्टले बताए । भाइटीकाका दिन सबैले एकचोटी भकुण्डो खेलेर भैलो गाउनैपर्ने चलन रहेको उनले सुनाए । 

बाजागाजासहित भकुण्डो खेल्दै भैलो गाउने चलन गाउँमा निकै लोकप्रिय रहेको स्थानीय  महेशदत्त भट्टले बताए । दुत्याको भैलोमा सबैले सहभागिता जनाउने गरेको उनले बताए । 

हरेक बर्षजस्तै यो बर्ष पनि तिहारको लक्ष्मीपूजादेखि भाइटीकासम्म असुर गाउँमा भकुण्डो खेल्दै भैलो गाइएको भट्टले बताए । उक्त भैलोमा गाउँका सबैको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update