Sagun Khabar
बैतडीमा तीन बर्षको अवधिमा १ सय १० जना बेपत्ता 

बैतडी –बैतडीमा पछिल्लो समयमा बेपत्ता हुने मानिसको संख्या बढ्दै गएको छ । प्रहरीको तथ्यांक अनुसार बेपत्ता हुनेमा महिलाको संख्या बढी छ । 

चालु आर्थिक बर्षको चार महिनामै जिल्लाबाट ३८ जना बेपत्ता भइसकेका छन् । ती मध्ये २० महिला, ९ बालिका, २ बालक, ६ पुरुष र एक जेष्ठ नागरिक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

बेपत्ता भएकामध्ये १४ महिला ३ बालिका र ४ पुरुष गरी २१ जना अझै फेला परेका छैनन् । 

गत आर्थिक बर्षमा १सय १२ जना बेपत्ता भएकोमा ५४ जना अझै बेपत्ता रहेका प्रहरी निरीक्षक केसीले बताए । ती मध्ये ३९ महिला, ९ बालिका,४ पुरुष र एक जेष्ठ नागरिक बेपत्ता रहेका छन् । 

आर्थिक बर्ष २०७८÷७९ मा ८८ जना हराएकोमा २२ जना अझै फेला परेका छैनन् । सो आर्थिक बर्षमा हराएका मध्ये ८ महिला, ८ जना बालबालिका र ६ जना पुरुष अझै फेला नपरेका प्रहरी निरीक्षक केसीले बताए । 

विभिन्न कारणले मानिसहरु बेपत्ता हुने क्रम बढ्दै गएको छ । खुला सीमाका कारण पनि बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update