Sagun Khabar
बैतडीमा धुरा जातको अवसरमा देउडा प्रतियोगिता हुने 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका –४ स्थित कैलपाल मन्दिरमा लाग्ने धुरा जातको अवसरमा देउडा प्रतियोगिता हुने भएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ४ को कार्यालयले एक सूचना जारी गर्दै जात्राको अवसरमा मंसिर १८ गते देउडा प्रतियोगिता हुने जनाएको हो । 

स्थानीय कला र संस्कृतिको संरक्षणका लागि देउडा प्रतियोगिताको आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार, दोश्रो हुनेलाई १५ हजार, तेश्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

देउडा प्रतियोगितामा सहभागी हुन चाहनेहरुले मंसिर १७ गते साँझ ५ बजेसम्म नामदर्ता गराइसक्नुपर्ने उल्लेख गरिएको छ । 

यस्तै जात्रालाई व्यवस्थित गर्नका लागि स्थानीय प्रकाश चन्दको अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन गरिएको छ । मेला अवधिभर मेला आसपासका क्षेत्रलाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष जनकबहादुर चन्दले जानकारी दिए । 

मेलामा कसैले मदिरा सेवन गरी होहल्ला गरेमा २ हजार ५ सय र कसैले मदिराको कारोबार गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ । 

Pancheswor 41701500970.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update