Sagun Khabar
इजा–चेलीका सम्बाद (देउडा गीत)
स्वास्थ्य सन्देश
Atrya hospital

इजा –
इसोइ छ प्रकृती  रित छोरी पराया घर !! 
काज–बार सुर्ता तेरै आए माइत्या घर !! 
चेली
कसा छन गाउँघर तिर कसा छन बुवा !! 
सुकेरी छै दुखमा छैइ जन्मदिन्या मुमा !! 
इजा – 
जति छिप्या लै फुस्रो हुदो गोधरीको माटो !!
मुइ बाटो हेरिरौलो नाना तेरा आउन्या बाटो !!
चेली –
बाइग्यो इजु पुस्या पन्ध्र, नरहरी बोलाए !! 
मुइ आगो घुरुलो इजु, तुइ बाडुली लाए !!
इजा – 
बासाको चुलाको आगो घुरुन्छ फिनफिन !! 
घुटुक बाडुली लाग्दी याद औनि छिनछिन !!
चेली –
पाखाका फर्सिका दाना पाखै हुन्ना माइत !! 
दिन–बार हेरि आउलो हेरि आउलो साइत !! 
इजा –
तेर दादा पठुलो नाना, नन्दिना ल्याउनाकी !! 
को खान्छ फर्सिका दाना नखाए प्याउलागी !! 
चेली  –
ब्यानलको मल्या कौवा पाखामाको सेल !!
मुइ आउलो अठ्ठाइस पैट मेरि इजुका देल !!
इजा –
नातीको तो तोते बोली रिटन्छ आखामा !! 
कव्वाकी लाई सेलरोटी राखलो पाखामा  !!   
 चेली –
चन्वा भैंसी दूध दिन्या छाइ बनौन्या आमा !! 
नानो हुन्या बोलाउ भन्छ मेरा नाना मामा !! 
इजा –
आउन्या बेला फोन गरे फाम गरे गाडीमा !! 
नाना आलि लिखु पेल्ला छाडिर्यु बारिमा !! 
चेली –
झप्वा बाकरीका घाणा बजुन्थ्या टिनटिन !! 
कुल्याकि धुपबत्ती गर्ला सक्रान्तिका दिन !!
इजा –
सख्खर पिंडु खन्नाइछन तुइ भनी रुक्याछौ !! 
रुखै छन सुन्तला दाना, तोइ भनी कुर्याछौ !! 
चेली –
यइ पाली पानी नाइ पर्यो गहुँवारि सुकिगै !! 
राख्याका चिज संगै खाउला नरहरी पुगिगै  !! 
इजा – 
फेसबुकका गित मार्फत दोहोरि लेखाया  !! 
 झट्ट आए मेरि नाना, मेरि रइबार पाया !!

–विष्णु जोशी ‘अँठोला’
शैल्यशिखर नगरपालिका –०७, दार्चुला 
हाल–शैल्यशिखर नगरपालिकामा सहायक चौथो पदमा कार्यरत 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update