Sagun Khabar
सांस्कृतिक र धार्मिक विविधताले भरिएको सुदूरपश्चिमः पर्यटनको प्रचुर सम्भावना

बैतडी- परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेशलाई ऐतिहासिक,पुरातात्विक,धार्मिक, एवम प्राकृतिक महत्वका माध्यमबाट संबृद्ध बनाउन सकिने बताएका छन् । शनिवार आज बैतडीको पाटनमा प्रेस युनियन बैतडीले गरेको प्रत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले अद्वितीय स्थलहरुले भरिपूर्ण सुदूरपश्चिममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका हुन ।  

प्रदेशका अधिकांश धार्मिक स्थल उच्च पहाडी भेगमा अवस्थित रहेकाले तिर्थयात्रा संगसंगै पदयात्रा तथा पर्वतारोहणको पनि सम्भावना रहेकोले भ्रमण गर्ने यस्ता प्रचुर सम्भावना हुँदाहुँदै पनि आवश्यक पर्यटकीय पूर्वाधारको कमी, सडक सञ्जालको अभाव एवम प्रचार प्रसार नहुँदा यस प्रदेशको पर्यटन क्षेत्रको विकासले तिब्रता भने लिनसकेको छैन । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनले भने, ‘खप्तड देखी लिएर अपि हिमाल,सुक्लाफाटा तराईमा थारुका पुजनिय नक्टाबाबा दिखी लिएर बेहडिबाबा सम्मका धामहरु बैजनाथ,सिद्धनाथ,महन्याल,ग्वाँसी,गोदावरि,परशुराम लगायतका तिर्थस्थल छन तर आवस्यक बजेटको व्यवस्था हुन सकेको छैन । हामी यसमा लागीपर्ने छौँ । ’

नेपाल र भारतबीच धार्मिक, सामाजिक र सांस्कृतिक समानता र दुवै देशका बहुसंख्यक जनताले हिन्दु धर्म मान्ने भएकाले देवी, देवता तथा चाडपर्व समेत समान रहेको छ ।  यस प्रदेशमा धार्मिक रुपले महत्वपूर्ण मानिएका सात देवी बहिनीको सञ्जाल छ भने व्यास, परशुराम, खप्तड बाबाले तपस्या गरेका पवित्र धाम, कैलाश मानसारोवर जाने मुख्य द्वार लगायत प्रख्यात मठ–मन्दिरहरु रहेका छन् ।

लाखौं पर्यटकहरूलाई आकर्षण गर्नसक्ने सांस्कृतिक तथा धार्मिक सम्पदा सुदूरपश्चिममा प्रसस्तै मात्रामा रहेका भएपनि यिनको प्रचार प्रसार नहुँदा यस प्रदेशको पर्यटन क्षेत्रको विकासले तिब्रता लिनसकेको छैन । आयातमा निर्भर अर्थतन्त्र रहेको नेपालको वाह्य क्षेत्र सन्तुलनका लागि पर्यटन आय महत्वपूर्ण रहेको छ । नेपाल सांस्कृतिक र धार्मिक विविधताले भरिएको देश हो । यहाँका विभिन्न जातजातिको परम्परा, भेषभूषा, धर्म, रहनसहनअनुसार भिन्नभिन्न मौलिक संस्कृति र विशेषताहरू रहेका छन् । जसबाट प्राचीन मानिसहरूको परम्परा, शैली, रहनसहन बुभ्mन सकिन्छ । 

धार्मिक पर्यटन समग्र पर्यटन क्षेत्रको महत्वपूर्ण अंग हो । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण हुनका साथै हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको प्रमुख तिर्थस्थल पनि हो । चिनबाट धार्मिक पर्यटक कै रुपमा मञ्जुश्री नेपाल आएको जनाईन्छ । रामायण लेख्ने वाल्मीकि, महाभारत लेख्ने बेदव्यास, भगवान सीता र शान्तिका दुत गौतम बुद्धको जन्मस्थलका रुपमा परिचित नेपाल धार्मिक सहिष्णुता भएको देशका रुपमा समेत विश्व मानचित्रमा परिचित छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update