Sagun Khabar
बैतडी घर भएका गायक जे आरको नयाँ देउडा गीत ‘परशुराम धाम’ बजारमा  

बैतडी - बैतडी घर भएका  देउडा गायक जेआर भट्टको  नयाँ देउडा गीत बजारमा आएको छ । देउडा गायक जेआरले डडेल्धुरा जिल्लाको  परशुराम नगरपालिका भित्र रहेका ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थलहरु समेटेर तयार पारेको ‘परशुराम धाम’ नामक देउडा गीत बजारमा आएको  हो । गीत शनिवार  राति उनकै  यूटूव च्यानलबाट  सार्वजनिक गरिएको  छ ।

गायक भानुभक्त जोशीको शब्द सिर्जनामा रहेको यो गीतमा  गायक जेआर भट्ट र गायीका गौरी भट्टको  आवाज रहेको छ । विग परिवेश स्टुडियोबाट जीवन बडुले एरेन्ज र मिक्सिङ गरेको यो गीतको भिडियोमा जेआरले  निर्देशन गरेका हुन् । यस्तै पुष्प भट्टले छायाँकन र  विष्णु खडकाले  सम्पादन गरेको  यो गीतमा  जेआर  र रोजी कुँवरको  अभिनय रहेको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो  गीतले परशुराम धाम लगायत परशुराम नगरपालिका  भित्र रहेका ऐतिहासिक, धार्मीक तथा पर्यटीय क्षेत्रहरुको  प्रचार प्रसारमा भूमीका खेल्ने  अपेक्षा गरिएको  छ । सुदूरपश्चिमको देउडा संस्कृतिको जर्गेना गर्ने उदेश्यले देउडा गायक जेआर दर्शक स्रोता माझ एक पछि अर्काे प्रस्तुति पस्कि रहेका छन् ।

कलाकार जेआर देउडाको माध्यमबाट सुदूरको  भाषा, कला, संस्कृति र यहाँका पर्यटीय  स्थलहरुलाई  विश्वसामु चिनाउन  लागि परेका हुन् ।  प्रत्यक्ष देउडा खेलबाट भाइरल भएका  जेआर अहिले सबैको लोकप्रिय कलाकार बनेका छन् । गायक जेआरले यसअघि ल्याएको ‘मेरी इजु’को पहिलो भर्सन पनि धेरैले रुचाएका थिए । गीत हेर्न यो लिंकमा   https://www.youtube.com/watch?v=PZNDE3yvX0s थिच्नुहोस् । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update