Sagun Khabar
आस्थाको धरोहर रौलाकेदार (फोटो फिचर ) 

बैतडी–श्रावण महिना सिमसिम परीरहेको झरीमा दर्शनार्थीहरु उकालो चढ्दै रौलाकेदारको सामिप्यमा पुग्न ललायित हुन्छन् । रोग,कष्ट, भय, त्रास सबै प्रकारका दुःखबाट रौलाकेदारले मुक्ति दिन्छन् भन्ने जनविश्वास रही आएको छ । करीब ३ हजार मिटरको उचाईमा रहेको रौलाकेदार धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बद्रीकेदार जत्तिकै महत्व भएको रौलाकेदार भगवान शिवको केदारनाथ ज्योर्तिलिङ्ग रुपमा चिनिन्छ । रौलाकेदारको दर्शन गरेमा बद्रीकेदार गए जत्तिकै पुण्य प्राप्ति हुने पूजारी विष्णुदत्त भट्टले बताए । उनले भने ‘भीरको बाटो, श्रावण महिनाको झरी आफ्नो स्वास्थ्यको ख्याल समेत नगरेर भक्तजनहरु रौलाकेदारमा पुग्छन् । यसको एक मात्रै कारण रौलाकेदारमा अद्भूत शक्ति छ । रौलाकेदारको सामिप्यमा पुग्दा उनीहरु सबै प्रकारका दुःख भुल्छन् ।’

खरफागलाको चिप्लो बाटो हुँदै रौलाकेदार जानेहरु भगवान शिवको आराधना गर्दै जाने गर्दछन् । भीरैभीरको बाटो भएपनि बर्षेनी हजारौं दर्शनार्थी रौलाकेदार पुग्ने गरेका छन् । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय रामबहादुर महराले बताए ।  


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update