Sagun Khabar
बैतडीका गायक जोशीको ‘मुटुकी टुकुरी’ बजारमा 

बैतडी  - बैतडी घरभएका देउडा गायक भानुभक्त जोशीको मुटुकी टुकुरी बोलको गीत बजारमा आएको छ । उक्त देउडा  गीत निरन्तर मिडियाको आधिकारिका युट्युब च्यानलबाट सोमबार सार्वजिनक गरिएको हो । गायक जोशीको शब्द सिर्जनामा रहेको यो गीतमा  गायक जोशी संगै  गायीका  सिता पुजाराले  स्वर दिएकी छिन् ।

गायक जोशीले नै निर्देशन गरेको उक्त भिडियोमा बैतडीको  दोगडाकेदार  घर भएका भोजराज जोशी क्वालीटि र सुर्नया गाउँपालिका घरभएकी  निर्मला महराले अभिनय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश महामन्त्री समेत रहेका भोजराज जोशीले यस अघि पनि दर्जनौ गीतमा अभिनय गरिसकेका छन भने निर्मलाको  गीतमा पहिलो अभिनय हो  ।

स्वास्थ्य सन्देश
Atrya hospital

गीतलाई दिपेश ठगुन्नाले छायांकन गरेका छन् भने विनोद बमले सम्पादन गरेका छन् । मायाप्रेमसँगै पर्यटनलाई समेत जोड दिएर  गित बजारमा बजारमा ल्याइएको  छ ।  गीतलाई भुवन बडूले एरेन्ज गरेका छन् । जीवन बडूले मिक्सिङ गरेको उक्त गीत विग एच डी स्टुडियोमा रेकर्ड गरिएको छ ।

सुदूरपश्चिमलाई देउडा मार्फत चिनाउनका साथै गायक जोशीले सुदूरपश्चिमका नयाँ प्रतिभा उत्पादनमा समेत  योगदान दिएका छन् ।  गीत संगीतका साथै, लेख, रचना तथा टेलिसिरियल, चलचित्र मार्फत चिनाउन अहोरात्र खटिएका जोशी सुदूरपश्चिमको कला संस्कृति संरक्षणमा  लागि परेका छन् ।  

गीत हेर्न यो लिंकमा थिच्नुहोस  https://www.youtube.com/watch?v=uiO8ozlqBMI

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update