Sagun Khabar
बैतडीको विरेन्द्र मावि शाहीलेकमा संगीत कक्षा शुरु 

बैतडी –बैतडीको सदरमुकामस्थित विरेन्द्र मावि शाहीलेकमा संगीत कक्षा शुरु भएको छ । श्रीपञ्चमीको अवसर पारेर विद्यार्थीहरुका लागि संगीत कक्षा शुरु गरिएको विरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । 

अतिरिक्त क्रियाकलापको रुपमा विद्यार्थीहरुलाई नृत्य, गायन र वाद्यवाधन सीप सिकाउने उद्देश्यले संगीत कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक कनौजियाले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिकाको सहयोगमा विद्यालयले संगीत कक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा ६ देखि १२ सम्मका इच्छुक विद्यार्थीहरुलाई सहभागी गराइएको उनले बताए । विद्यार्थीहरुका लागि १८० घण्टे संगीत कक्षाको शुरुवात गरिएको बताइएको छ । 

गायन,वाद्यवादन र नृत्य सीप सिकाउनका लागि प्रशिक्षक राख्न विद्यालयले दरखास्त आह्वान गरेको छ । १८० घण्टे छोटो अवधिका लागि प्रशिक्षक नियुक्ती गरिने प्रधानाध्यापक कनौजियाले बताए । 

संगीत कक्षा सञ्चालनका लागि प्रशिक्षकहरु नियुक्त गरिएको प्रधानाध्यापक कनौजियाले बताए । बालबालिकाहरुमा किताबी ज्ञान बाहेक संगीतको क्षेत्रको ज्ञान दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यसले बालबालिकाहरुको क्षमता प्रस्फुटनमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

वि.सं.२०११ मा स्थापना भएको विरेन्द्र माविमा अहिले कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । यस्तै विद्यालयमा सिभिल इन्जिनियरका साथै १८ महिने सूचना प्रविधि कोर्ष समेत पढाई हुँदै आएको छ । 
कक्षा ११ र १२ मा विज्ञान संकायको समेत विरेन्द्र माविमा पठनपाठन हुँदै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update