Sagun Khabar
बैतडी घर भएका देउडा गायक जे आरको ‘हाम्रो देश’ नामक होली गीत बजारमा  

बैतडी- बैतडी घर भएका देउडा गायक जे आरको ‘हाम्रो देश’ नामक  नामक होली  गीत बजारमा  आएको  छ । नयाँ र पुराना पुस्ताले अत्याधिक रुचाएका देउडा गायक जेआर भट्ट को ‘हाम्रो देश’ नामक होली गीत बजारमा आएको  हो ।

रगंहरुको पर्व होलीको अवसरमा देउडा गायक भट्टले ‘हाम्रो देश’ नामक   होली  गीत  भिडियो सहित सार्वजनिक  गरेका हुन। भट्टको आफ्नै युट्युब च्यानल मार्फत सोमबार राति  गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक भट्टलाई चर्चित लोक तथा देउडा गायिका गौरी भट्ट,भानुभक्त जोशी,सुर्य बिरही साउद लगायतको टिमले साथ दिएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

देशको समसामयिक अवस्थाबारे होली गित मार्फत उनले व्यंग्य गरेका छन् । जे आर भट्टको शब्द सिर्जना रहेको गीतलाइ जीवन बडुले एरेन्ज मिक्सिङ गरेका छन भने पुष्प भट्टले छायांकन र बिष्णु खड्काले भिडियो सम्पादन गरेका छन। भिडियोमा जे आर भट्ट र दिपा ठगुन्नाको अभिनय रहेको छ। अहिले  उनको   होली गीत दर्शक स्रोताले  मन पराइ रहेका छन् ।  

सोमबार राती मात्रै सार्वजनिक भएको गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । देउडाको माध्यमबाट सुदूरको  भाषा, कला, संस्कृति र यहाँका पर्यटीय स्थलहरुलाई विश्वसामु चिनाउन  लागि परेका गायक जे आर  दर्शक स्रोताको मनमुटुमा बस्न सफल छन् ।  प्रत्यक्ष देउडा खेलबाट भाइरल भएका  जेआर अहिले सबैको लोकप्रिय कलाकार बनेका छन् । गायक जेआरले यसअघि ल्याएका मेरी इजु लगायतका गीत पनि धेरैले रुचाएका थिए ।

होली गीतका लागि यो लिंकमा थिच्नु होस्  https://www.youtube.com/watch?app=desktop&v=NhTTJABQAps&noapp=1&fbclid=IwAR0S5BSRHOCUDrLoy20EkdE1Pjd9rGwP-p_vWL4CnQjIrRdYw00wDYJEovc#bottom-sheet

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update