Sagun Khabar
बैतडीको सुर्नया घर भएका देउडा गायक विकको नयाँ गीत बजारमा

बैतडी- बैतडीको सुर्नया घर भएका देउडा गायक तथा सर्जक विकको नयाँ गीत बजारमा आएको   छ । सुर्नया गाउँपालिका ७ पथरकोट घर भएका गायक तेजु  विक मायालुको देव भुमी नामक देउडा गीत बजारमा आएको  हो।  विकको लय तथा शब्द सिर्जनामा रहेको उक्त गीतमा देउडा गायिका गौरी भट्टले स्वर दिएकी छिन् ।

बुधबार सम्झना म्युजिक फिल्मस् युटुव च्यानल मार्फत  देउडा गित सार्वजनिक गरिएको गायक विकले  बताए । विकले  नै  निर्देशन गरेको उक्त देउडा गीतको भिडियोमा पदम बिष्ट र मिना क्षेत्रि बोहराले अभिनय गरेका छन्  ।

स्वास्थ्य सन्देश
Atrya hospital

एक दशक देखि संगीत क्षेत्रमा सक्रिय गायक विकले छल्की रहेइ सुर्नया, घुमा कर्म घुमा, नेता छन् गफाडी लगायतका देउडा गीतहरु बजारमा ल्याइसकेका छन् । दर्शक स्रोताको  माया मिलि राखेकाले अगामी दिनमा पनि गीत बजारमा ल्याउने उनले बताए ।  

गीतका लागि यहाँ थिच्नुहोस्  https://www.youtube.com/watch?v=T85oo7pi0RY

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update