Sagun Khabar
बैतडीका गायक दिपक महर दिप्पुको दोस्रो सांगीतिक कोशेली ‘हाँसी खुसी बाँचौला’  बजारमा

बैतडी- बैतडीका गायक दिपक महर दिप्पुको दोस्रो सांगीतिक कोशेली बजारमा आएको  छ । सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घरभएका गायक महरको हाँसी खुसी बाँचौला नामक डिजे देउडा गीत बजारमा आएको हो ।

गायक महरले बसमा भगाएको गीत पछि अहिले दोस्रो प्रस्तुती डिजे गीत हाँसी खुसी बाँचौला बजारमा ल्याएका हुन् । महरको शब्दसिर्जना, स्वर र लयमा  रहेको यो गीतमा उनलाई चर्चित  गायिका इब्सल सन्ज्यालले साथ दिएकी छिन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो गीतमा महेश राज बडुको र्याप छ । यस्तै गीतमा सुर्नया ४ घर भएका रहिश आरडी र डडेल्धुराकी भावना भट्ट र बैतडीकै सन्तोष विकको अभिनय छ । रहिशले  पहिलो पटक अभिनय गरेका हुन् ।  परिवर्तन डिजिटल युटुव च्यानलबाट शुक्रबार सार्वजनिक भएको गीतको भिडियोमा सुर्नया २ स्थित प्रशिद्ध धार्मीक तथा पर्यटकिय स्थल पत्ताल भुवनेश्वर धामका दृश्य र  पाटनको बेडौती लगायतका ठाउँहरु देखाइएको छ ।

गीत संगीतका  पारखी  महरले  अगामी दिनमा पनि गीतहरु बजारमा ल्याउने  बताएका छन्।  

गीतका लागि यो लिंकमा थिच्नुहोस् https://www.youtube.com/watch?v=gh1QDYDzZg0

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update