Sagun Khabar
बैतडीमा लोक नृत्य प्रतियोगिता हुने  
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - बैतडीमा नृत्य कला प्रतियोगिता हुने भएको  छ । जिल्लाको  पाटन नगरपालिका वडा नं ४ को वडा स्तरीय युवा क्लवको आयोजना र युवालयको आर्थिक सहयोगमा यही चैत्र १६ गते  लोक नृत्य कला प्रतियोगिता हुने भएको हो ।

लोक कला संस्कृतिको  विकास गर्ने उद्देश्यका साथै लैंगिक समानता र सामाजिक सामावेशीकरण प्रर्वधनका लागी प्रतियोगिता हुन् लागेको युवा क्लवका अध्यक्ष अमर प्रशाद भट्टले बताए । प्रतियोगीतामा प्रथम, द्वितिय, तृतियसहितका उत्कृष्ट ५ जनालाई पुरस्कृत समेत गरिने उनले बताए ।

सूचना जारी गर्दै क्लवले नगर भित्रका सम्पूर्ण प्रतिभावान र इच्छुक व्यक्तिहरुले चैत्र १४ गतेसम्म नाम दर्ता गराउन आग्रह गरेको  छ । कार्यक्रम पाटन खुल्ला मञ्चमा  गरिने जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update