Sagun Khabar
बैतडीको दोगडाकेदार घर भएका गायक डीकरको ‘ए जशू’  देउडा गीत बजारमा

बैतडी- बैतडी घर भएका गायक भट्टको ‘ए जशू’  देउडा गीत बजारमा आएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानी मल्लाकोडा गैर घर भएका  लोक तथा देउडा गायक डीकर देव  भट्टले आफनै  शब्द सिर्जना र स्वरमा रहेको ए जशू नामक देउडा गीत बजारमा ल्याएका हुन् ।

उनलाई  हेमराज जोशीले साथ दिएका छन भने गायिका गौरी भट्टले स्वरमा साथ दिएकी छिन् । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको भिडियो सहितको गीत  दिनेश म्युजिक फिल्मस प्राली युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा दिनेश महरा, निरुता शाही ठकुरी,  डिकर देव भट्ट  र दीपिका भट्टले अभिनय गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

गायक डीकरको यो पाँचौ  प्रस्तुती ए जशू देउडा गीतलाई  दर्शक स्रोताले रुचाएका छन् । सबैबाट राम्रो प्रतिकृया मिलिरहेको गायक भट्टले बताए । ऋण लागि प्रदेशिभया नामक  देउडा गीत गाएर सांंगीतिक क्षेत्रमा प्रवेश गरेका उनी हाल भारतको बेँगलोरमा बसेर गीत बजारमा पस्कि रहेका छन् ।

भट्टले यस अघि  ऋण लागि प्रदेशिभया, बैतडीकी  बसमा बसु, सुइना धेक्या एक्ली हुनि छै, रुबस्या माया बोलका गीत बजारमा ल्याइसकेका छन् । सानै उमेर देखि गीत संगीतमा औधि रुचि राख्ने गायक भट्ट २०७६ साल देखि संगीत क्षेत्रमा सकृय छन् ।  

गीत हेर्नका लागि यो लिंकमा थिच्नुहोस्    https://www.youtube.com/watch?app=desktop&v=vFLyH589ooY&si=XI5mnLBgPmRAy_Zc&fbclid=IwAR3ql5l7n0d9NMC6enNwR4hEeVTTB6Kij26RXFupT1t_lqMmsrNFuhLtO4g

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update