Sagun Khabar
बझाङमा एमालेको अग्रता, दोस्रो स्थानमा माओवादी

 बझाङ- बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।

४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

 

 

 

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update