Sagun Khabar
नौ बुँदे घोषणा पत्र जारी गर्दै दोगडाकेदार साहित्य सम्मेलन तथा नेपाल भारत काव्य गोष्ठी सम्पन्न

बैतडी- दोगडाकेदार गाउँपालिका र रास्ट्रियता संरक्षण अभियान बैतडीले नौ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।  दुई दिने दोगडाकेदार साहित्य सम्मेलन तथा नेपाल भारत काव्य गोष्ठीमा बुधबार नौ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको हो । 

यस क्षेत्रको लोक भाषा,साहित्य,संस्कृति तथा कला संरक्षण सम्बृद्धिका लागी यो घोसणा पत्र अत्यन्तै महत्वपुर्ण रहेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बहादुर धामीले बताए । 
यस्तै सार्वजनिक तथा सांस्कृतिक,पुरात्वातात्तिवक,एतिहासिक र पर्याटकीय सम्पदाहरुको लगत संकलन गरी अभिलेखिकरण गर्ने तथा संरक्षण संर्वधनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने रास्ट्रियता संरक्षण अभियान बैतडीका अध्यक्ष हेमबाबु लेखकले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सम्मेलनमा नेपाल र भारतका १०० बढी लेखक,साहित्यकार र कविहरूको सहभागीता रहेको थियो । सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए । कवि गोष्ठी, विद्वानहरूको कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमणमा जोड दिइएका थियो । 

नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिएको थियो । रास्ट्रियता संरक्षण अभियान बैतडीका अध्यक्ष लेखकले बताए । कार्यक्रममा विभिन्न बरिष्ठ ब्यात्तिहरुले बोल्दै यस कार्यक्रमले दुबै देशका सांस्कृतिक तथा मौलिक पक्षमा टेवा पुग्ने बताएका थिए । 

यस्तो छ नौ बुदे घोषण पत्र ।

Ghosana-patr-2-1714624055.jpg


 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update