Sagun Khabar
बैतडीमा डिलाशैनी साहित्यक तथा सांस्कृतिक उत्सव सम्पन्न 

बैतडी–बैतडीको पुर्चौंडीमा डिलाशैनी साहित्यक तथा सांस्कृतिक उत्सव सम्पन्न भएको छ । पुर्चौंडी नगरपालिका ८ मल्लादेहीमा शनिबार उत्सव सम्पन्न भएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीको आयोजना तथा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल कञ्चनपुरको सहआयोजना साहित्यक तथा सांस्कृतिक उत्सव सम्पन्न भएको हो । 

लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित साहित्यक तथा सांस्कृतिक उत्सवको आयोजना गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीले जनाएको छ । 

Atrya hospital

साहित्यक तथा सांस्कृतिक उत्सवमा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्नुका साथै गौरापर्वमा गाइने विभिन्न प्रकारका फाग,सगुन, अठेवाली प्रस्तुत गरिएको स्थानीय निराजन बोहराले जानकारी दिए । 
स्थानीय संस्कृति संरक्षणका लागि युवा पुस्तालाई जागरुक बनाउन उत्सवको आयोजना गरिएको हो । 

साहित्यक तथा सांस्कृतिक उत्सवमा विभिन्न क्षेत्रमा व्यक्तित्वहरुका साथै स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update