Sagun Khabar
नेपालका तीन साहित्यकारलाई भारतीय अवार्ड
स्वास्थ्य सन्देश
Atrya hospital

  झापा : झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत हुनु भएको हो ।

 विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान दिएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।

 अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गदै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update