Sagun Khabar
कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा प्रहरी इन्चार्ज पक्राउ

कञ्चनपुर –कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते  ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । 

सोही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update