कञ्चनपुरबाट धनगढीका एक फरार प्रतिवादी पक्राउ

बैतडी : कञ्चनपुरबाट धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असोज २२ गतेको फैसलाले लागू औषध सम्बन्धी मुद्दामा ११ महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका - ३ चटकपुर बस्ने २३ वर्षीय अभिषेक रानालाई प्रहरीले पक्राउ गरेको हो। रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १६:४९
प्रतिक्रिया दिनुहोस्