Sagun Khabar
बलिदानमा बैतडी : नालापानीदेखि जनयुद्धसम्म प्रकाशित

बैतडी –बैतडी घर भएका साहित्यकार कर्ण दयाल ‘सोराडी’को रचना बलिदानमा बैतडी : नालापानीदेखि जनयुद्धसम्म कृति प्रकाशन भएको छ । 

उक्त पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो । 

पुस्तकमा नालापानी युद्धमा शाहदात प्राप्त गरेका ५ जना शहीदहरु दिपाचन्द रजबार, भगुवा दमाई, सुनापात्तर दमाई, झुले दमाई र लक्षण सिंहको जीवनीमा आधारित ऐतिहासिक सामग्री समावेश गरिएको छ ।

त्यस्तै सोराडीको पुस्तकमा जहानीया राणा शासन विरोधी नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा शहीद भएका दशरथ चन्द र बलदेव भट्टको व्यक्तित्वका बिषयमा खोजमूलक सामग्री समेटिएको छ ।

२०५२ फागुन १ गते बाट शुरु  भएको जनयुद्धको क्रममा बैतडी जिल्लाबाट मात्रै शहीद भएका ८९ जना र त्यसक्रममा जिल्ला बाहिरबाट आई बैतडीमा शहीद भएका १३ जनाको बलिदानको गाथाबारे समेत महत्वपूर्ण तथ्य पुस्तकमा समेटिएको छ । 

यसअघि पनि लेखक सोराडीले विभिन्न लघु कथा, कविता, मुक्तक र समसामयिक बिषयमा लेखहरु समेत लेखेका छन् । 

उनी हाल प्रगतिशील लेखक संघको केन्द्रीय समितिमा आवद्ध रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update