Sagun Khabar
त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ भने छैटौं स्थानमा रहेको छ । लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले ओमानसँग दुई खेल खेलेकोमा पराजित भएको थियो । लिग-२ विश्वकप छनाेटमा एक टाेलीले ९ श्रृङ्खलासहित ३६ खेल खेल्नेछ ।

शीर्ष तीन देश सन् २०२३ काे जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनाेटमा पुग्नेछन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update