बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ७३ हजार बढी मत खस्यो
बैतडी–बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
जिल्लाका २ सय १५ ओटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता मध्ये ७३ हजार १४८ ले मतदान गरेका छन् । जसमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र १ अन्य मतदाताले मतदान गरेका छन् । बैतडीमा कुल मतदातामध्ये ४६ दशमलव ७८ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको थियो । जिल्लामा मतदान कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २ हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए ।
मतदान कार्य सम्पन्न गराउनका लागि १ हजार २८८ जना कर्मचारी खटिएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १८:३४
प्रतिक्रिया दिनुहोस्




