Sagun Khabar
बैतडीमा रास्वपाका हरिमोहन भण्डारीको शुरुवाती अग्रता 

बैतडी–प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले शुरुवाती अग्रता लिएका छन् । 

१ हजार २५ मत गणना हुँदा ३ सय ६८ मतसहित भण्डारीले अग्रता लिएका छन् । २ सय ५८ मतसहित नेपाली कांग्रेसका चतुरबहादुर चन्दले उनलाई पछ्याइरहेका छन् । एमालेका दामोदर भण्डारीले १ सय ८७ मत ल्याएका छन् भने नेकपाका परमानन्द भट्टले १ सय १४ मत ल्याएका छन् । राप्रपाका भुपेनबहादुर चन्दले १० मत ल्याएका छन् । 

१ हजार २५ मत गणना हुँदा ७५ मत बदर भएको छ । 

बैतडीमा दिउँसो १ बजेदेखि मतगणना शुरु भएको हो । जिल्लाभरी ७३ हजार १४८ मत खसेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update