बैतडी–प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पाटी) (रास्वपा)ले अग्रता कायमै राखेको छ । १८ हजार ४८१ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ५ हजार ४०१ मतसहित अग्रता कायम राखेका छन् ।
उनलाई नेकपा एमालेका दामोदर भण्डारीले ४ हजार ७०२ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ४ हजार ३१६ मत प्राप्त गरेका छन् भने नेकपाका परमानन्द भट्टले २ हजार २९५ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका भुपेनबहादुर चन्दले ४ सय १५ मत प्राप्त गरेका छन् ।
१८ हजार ४८१ मत गणना हुँदा १ हजार १६४ मत बदर भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ ०७:५०
प्रतिक्रिया दिनुहोस्






