Sagun Khabar
पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको एमाले बैतडीका नेता कार्कीको घोषणा 

बैतडी –नेकपा एमाले बैतडीका नेता एवं दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

एमाले प्रदेश कमिटि सदस्य रहेका कार्की यसअघि जिल्ला सचिव समेत रहेका थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको कोर एरिया मानिएको दोगडाकेदारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्र स्थानमा आएपछि कार्कीले राजीनामाको घोषणा गरेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update