Sagun Khabar
बैतडीमा कांग्रेस पाटनका नगर सभापति र सचिवले दिए पदबाट राजीनामा 

बैतडी –बैतडीमा नेपाली कांग्रेस पाटनका नगर सभापति रमेशसिंह महरा र सचिव लवदेव जोशीले पदबाट राजीनामा दिएका छन् । 

बिहीबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दको पराजयपछि उनीहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । 

पार्टीभित्रैका जिम्मेवार पदाधिकारीबाट निर्वाचनको समयमा पार्टीविरुद्ध पटक–पटक घात–अन्तरघात हुँदै आएकाले आफूहरुले पदमा बसिरहन उचित नभएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

पार्टीकै सदस्यहरु पार्टीका विरुद्ध लागेको पाइएकाले जिम्मेवारीमा बसिरहन उचित नदेखिएकाले आफूहरुले पदबाट राजीनामा गरेको सचिव जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update