बैतडी –नेपाली कांग्रेसले बैतडीका महासमिति सदस्य उत्तरबहादुर ऐर र जिल्ला कार्य समिति सदस्य विरेन्द्रबहादुर ऐरलाई कारवाही गरेको छ ।
पार्टीको आचरण, अनुशासन र विधान विपरित कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई मत मागेको भन्दै उनीहरुलाई कारवाही गरेको कांग्रेस बैतडीले जनाएको छ । कारवाहीमा परेका दुवैजना दाजुभाइ हुन् ।
दुवैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासित गरिएको कांग्रेस बैतडीका जिल्ला अनुशासन समिति संयोजक देवराज जोशीले जानकारी दिए । उनीहरुले पार्टीविरुद्ध गरेको प्रमाणका रुपमा दुवै जनाको अडियो समेत राखिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२ १४:०५
प्रतिक्रिया दिनुहोस्






