Sagun Khabar
कांग्रेस बैतडीले सबै पालिकामा चुनावी समीक्षा कार्यक्रम गर्ने 

बैतडी–नेपाली कांग्रेस बैतडीले सबै पालिकाहरुमा चुनावी समीक्षा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । मंगलबारदेखि जिल्लाका १० ओटै तहमा चुनावी समीक्षा तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने तय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द रास्वपा उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएपछि कांग्रेसले चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्न लागेको हो । 
उम्मेदवार एवं कांग्रेस सभापति चन्दसहितको सहभागितमा सबै पालिकामा चुनावी समीक्षा र भेटघाट कार्यक्रम सञ्चालन गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

फागुन २६ गते बिहान ११ बजे पञ्चेश्वरको आमचौरा र दिउँसो ३ बजे शिवनाथको सुल्लेखानमा कार्यक्रम हुने बताइएको छ । यस्तै फागुन २७ गते बिहान ११ बजे मेलौलीको काँडा र दिउँसो ३ बजे पाटनको पाटन बजारमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने कांग्रेस बैतडीले जनाएको छ । 

यस्तै फागुन २८ गते बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँ, आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जनाइएको छ । 

यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानी गरिने कांग्रेस बैतडीले जनाएको छ । 

Nc-1773021522.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update