Sagun Khabar
नवनिर्वाचित सांसद भण्डारीलाई पाटन नगरपालिकाको सम्मान 

बैतडी–बैतडीबाट नवनिर्वाचित सांसद हरिमोहन भण्डारीलाई पाटन नगरपालिकाले सम्मान गरेको छ । 

सांसद भण्डारीको गृह नगर समेत रहेको पाटन नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर उनलाई सम्मान गरेको हो । 

नगरपालिकाकातर्फबाट एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित सांसद भण्डारीलाई बधाइ तथा सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए । सांसद भण्डारीलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरिएको उनले बताए । 

बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update