बैतडी –भर्खरै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित बैतडीका सांसद हरिमोहन भण्डारी मतदातालाई धन्यवाद दिन प्रत्येक पालिकामा पुगिरहेका छन् ।
गएको बिहीबार सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य भण्डारीले प्रत्येक पालिकामा पुगेर मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रम सञ्चालन गरेको जनाएका छन् ।
आइतबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि सोही दिन दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका मतदाताहरुका लागि धन्यवाद कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।
सोमबार मेलौली,शिवनाथ र पञ्चेश्वरमा धन्यवाद सभाको आयोजना गरेको र आज दोगडाकेदार र डिलाशैनीमा धन्यवाद सभाको आयोजना गरिएको उनले बताए ।
पुर्चौंडी, सिगास र सुर्नयामा पनि धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम रहेको जोशीले बताए ।




