Sagun Khabar
असिनापानीले गहुँबाली र तरकारीमा क्षति 

बैतडी –मंगलबार साँझ परेको असिनापानीले बैतडीका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । 

हावाहुरीसहित परेको असिनापानीले जिल्लाको डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकाका विभिन्न ठाउँमा गहुँबाली,जौंबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । 
मंगलबार साँझ परेको असिनापानीले गहुँबाली, फलफूल र तरकारीमा व्यापक क्षति पुर्याएको पुर्चौंडीका स्थानीय विजय पन्तले बताए । पुर्चौंडी नगरपालिकाको वडा नं १, २ र ४ का विभिन्न स्थानमा असिनापानीले क्षति पुर्याएको उनले बताए । 

असिनापानीले फूल्नै लागेका फलफूलमा बढी क्षति पुर्याएको छ । यस्तै तरकारीबालीमा समेत व्यापक क्षति पुर्याएको पन्तले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update