१२ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ
कञ्चनपुर –१२ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का ४७ बर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० बर्षीय हिरा नाथ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर ती किशोरीमाथि जबरजस्तीकरणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्




