बैतडी –बैतडीको सुर्नया गाउँपालिका–३ स्थित वासुदेव आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा फेरि भानदेव भट्ट चयन भएका छन् ।
शुक्रबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले भट्टको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक बिरदेव भट्टले बताए ।
भट्टको नेतृत्वमा चयन भएको नयाँ समितिले विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुग्ने अभिभावकहरुले अपेक्षा गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः चयन भएपछि भट्टले अभिभावकहरुले सुम्पेको अभिभारा कुशलतापूर्वक सम्पन्न गर्ने बताए । विद्यालयको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
यस्तै अभिभावक भेलाले केशवदत्त भट्टको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको प्रधानाध्यापक भट्टले बताए ।




