Sagun Khabar
लागू औषधसहित बैतडीका दुई जना कञ्चनपुरबाट पक्राउ 

बैतडी –लागू औषधसहित बैतडीका दुई जना कञ्चनपुरबाट पक्राउ परेका छन् । 

बैतडीको सुर्नया गाउँपालिका–१ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा बादशाह क्याफे सञ्चालन गरिरहेकी २७ बर्षीया लक्ष्मी चन्द र सोही ठाउँ बस्ने २६ बर्षीया लक्ष्मी सोनाहलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

उनीहरुलाई २ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन र २ ग्राम ५१० मिलिग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update