Sagun Khabar
बैतडीमा चट्याङ लागेर चार पशुचौपाया मरे 

बैतडी–बैतडीमा चट्याङ लागेर चार पशुचौपाया मरेका छन् ।

जिल्लाको पाटन नगरपालिका–१० बन्तडमा स्थानीय धर्मानन्द भट्ट र नारायणदत्त भट्टको घरमा हिजो राति सवा १० बजेतिर चट्याङ परेको स्थानीय भीमराज भट्टले बताए । 

हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर धर्मानन्द भट्टका दुई बाख्रा र नारायणदत्त भट्टका एक गाई र गोरु मरेका उनले बताए । 

चट्याङ लागेर पशुचौपायमा क्षति भएको जानकारी आएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update