Sagun Khabar
बैतडीमा एक महिनाको अवधिमा ९० सवारी साधन कारवाहीमा, ६८ हजार बढी राजस्व संकलन 

बैतडी–बैतडीमा एक महिनाको अवधिमा ९० सवारी साधन कारवाहीमा परेका छन् । गएको फागुन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारी साधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा परेका सवारी साधनबाट जरीवानबाफत ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । 

यस्तै एक महिनाको अवधिमा तीनओटा सवारी साधन दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती दुर्घटनामा परेर एकजनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका थिए । 

चालकको लापरवाही, प्राविधिक समस्या र यात्रुहरुका कारण पनि सवारी दुर्घटना हुने गरेको प्रहरीको विश्लेषण छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update