बैतडी–बैतडीमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम गोठलापानीमा बुधबार एक कार्यक्रमको आयोजना गरेर कार्यालय स्थापना गरिएको सहायक जिल्ला आर्थिक गणना अधिकारी खगेन्द्र कार्कीले बताए ।
दोश्रो राष्ट्रिय आर्थिक गणनाको कामलाई अघि बढाउनका लागि जिल्लामा कार्यालय स्थापना गरिएको हो । देशैभरी दोश्रो राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने बताइएको छ । पहिलो पटक २०७५ सालमा आर्थिक गणना गरिएको थियो ।
आर्थिक गणनाका लागि आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म फिल्डमा कर्मचारीहरुलाई खटाइने सहायक जिल्ला आर्थिक गणना अधिकारी कार्कीले बताए ।
आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रहरुको गणना गर्ने उनले बताए । आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने कार्कीले बताए ।




