स्थानीय युवाहरुको सक्रियतामा मन्दिरमा रंगरोगन र सरसफाइ
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–११ सिम डिब्ड्यामा स्थानीय युवाहरुको सक्रियतामा मन्दिरमा रंगरोगन र सरसफाइ गरिएको छ ।
चैते नवरात्रका लागि यहाँका चारओटा मन्दिरमा सरसफाइ रंगरोगन गरिएको स्थानीय सुनिलदत्त पन्तले बताए ।
सीम डिब्ड्या घर भइ स्वदेश तथा विदेशमा रहेका सबैको सहयोगमा मन्दिरमा सरसफाइ र रंगरोगन गरिएको पन्तले बताए ।
केदार मन्दिर, नागार्जुन मन्दिर, नरीबुबु मन्दिर र जगरे घरमा सरसफाइका साथै रंगरोगन गरिएको उनले बताए ।
गाउँमा रहेका चारओटै मन्दिरमा रंगरोगनका लागि १ लाख ३१ हजार ६ सय पचास रुपैयाँ खर्च भएको छ । उक्त रकम स्थानीयहरुले स्वेच्छिक रुपमा चन्दा दान गरेको पन्तले बताए । स्थानीय युवाहरुले आगामी दिनमा समेत यस्ता सामाजिक कामलाई अघि बढाउने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्




