डिलाशैनी –७ को वडा कार्यालयलाई जमीनदान
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ को प्रशासनिक भवन निर्माणका लागि आवश्यक जमीन उपलब्ध भएको छ । वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी कृतबहादुर धामीले आवश्यक जमीन दान गरेको वडा अध्यक्ष प्रकाशमणी भट्टले बताए ।
वडाको भवन निर्माणका लागि जमीन प्राप्त भएपछि अब काम अगाडि बढाइने अध्यक्ष भट्टले बताए । यसअघि वडा कार्यालयसँग आफ्नो जमीन नहुँदा भवन निर्माणको काम अगाडि बढाउन सकिएको थिएन् । वडा कार्यालयलाई जमीन प्राप्त भएपछि अब स्थायी संरचना निर्माण गर्ने बाटो खुलेको वडा अध्यक्ष भट्टले बताए ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर वडाको नाममा जमीन नामसारी भइसकेकाले अब भवन निर्माणको काम छिट्टै अगाडि बढाउने योजना रहेको अध्यक्ष भट्टले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२ १४:२९
प्रतिक्रिया दिनुहोस्




