Sagun Khabar
घरको सिँढीबाट लडेर एक बालिका घाइते 
सांकेतिक तस्बिर

बैतडी –बैतडीमा घरको सिँढीबाट लडेर एक बालिका घाइते भएकी छन् । 

जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोटकी ९ बर्षीया आकृति पार्की घरको सिँढीबाट लडेर घाइते भएकी हुन् । 

शुक्रबार दिउँसो ३ बजेको समयमा सिँढीबाट चिप्लेर आकृति घाइते भएकी र उनको टाउकोमा चोट रहेको उनका काका दिपक पार्कीले बताए । पानी परेका कारण सिँढी चिप्लो हुँदा आकृति सिँढीबाट चिप्लेकी थिइन् । 

घाइते आकृतिको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update