Sagun Khabar
तुलसी भट्टराईको ‘इजुकी लणेली चेली’ बजारमा 

बैतडी–देउडा गायिका तुलसी भट्टराईको ‘इजुकी लणेली चेली’ बजारमा आएको छ । 

बैतडीको पाटन नगरपालिका –१ सकार घर भएकी गायिका भट्टराईले उक्त ठाडी भाका बजारमा ल्याएकी हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतलाई सार्वजनिक गरेको जनाइएको छ । 

भट्टराईको शब्द र स्वर रहेको उक्त गीतमा इजुको यादमा भावविह्वल भएकी चेलीको कथाव्यथा समेटिएको गायक कृष्णदत्त पन्तले बताए । 

अलिशा रेकर्डिङ स्टुडियो अत्तरियामा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज, मिक्सिङ र निर्देशन किशोरकुमार भण्डारीले बताए । 

उक्त गीतको भिडियोमा गायिका भट्टराई र जानकी भट्टको अभिनय रहेको छ । 

यसअघि पनि भट्टराईको आवाजमा ‘मेरा बाबा’ठाडी भाका, मायाजालमा जेल गरी, समराइ रइगै तेरी लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । 

नयाँ गीत ‘इजुकी लणेली चेली’ हेरेर तथा सुनेर साथ दिन सबै दर्शक ÷श्रोतालाई उनले आग्रह गरेकी छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update