Sagun Khabar
काठमाण्डौंबाट दार्चुला आउँदै गरेको बस दुर्घटना

बैतडी –काठमाण्डौंबाट दार्चुला आउँदै गरेको यात्रुवाहक बस शनिबार साँझ दुर्घटना भएको छ । 

काठमाडौँबाट दार्चुलातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५५ बर्षीय स्थानीय भक्तबहादुर बटाला घाइते भएका छन् । उनको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सवार केही यात्रुहरू पनि सामान्य घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update