Sagun Khabar
बैतडीको डिलासैनी गाउँपालिकामा ई–हाजिरी प्रणाली लागू

बैतडी –बैतडीको डिलासैनी गाउँपालिकाले ई–हाजिरी प्रणाली लागू गरेको छ । परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई विस्थापित गर्दै गाउँपालिकाले सुशासन, पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगलाई सुदृढ बनाउने उद्देश्यसहित डिजिटल हाजिरी प्रणाली लागू गरेको हो ।

गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले अब अनिवार्य रूपमा ई–हाजिरी प्रणालीमार्फत हाजिरी जनाउनुपर्नेछ । यस प्रणालीले कर्मचारीको उपस्थितिदेखि बिदा हुने समयसम्मको सम्पूर्ण विवरण स्वचालित रूपमा अभिलेख गर्नेछ, जसबाट कार्यसम्पादनमा जिम्मेवारी, अनुशासन र पारदर्शिता अभिवृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले बताए । 

ई–हाजिरी प्रणालीले कर्मचारी व्यवस्थापनलाई प्रविधिमैत्री, प्रभावकारी र पारदर्शी बनाउने उनले बताए । गाउँपालिका कार्यालयमा शुरु गरिएको यो प्रणालीलाई यही महिनाभित्र वडा कार्यालयहरूमा पनि विस्तार गरिने प्रमुख प्रशासकीय अधिकृत साउँदले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update