बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ बरायल, चाडी घर भएकी जमुना महराको उपचारमा आर्थिक अभाव भएको छ ।
क्यान्सर रोगबाट पीडित जमुनाको अहिले भारतको भारतको चण्डीगढस्थित पिजीआइ अस्पतालमा उपचार भइरहेको उनका भतिजा प्रकाश महारले बताए । चिकित्सकको सल्लाह अनुसार उनलाई लामो उपचार प्रक्रिया आवश्यक पर्ने भएकाले आर्थिक अभाव भएको उनले बताए ।
जमुनाको उपचारमा १७ पटक किमोथेरापी गर्नुपर्ने बताइएको छ । शुरुका ८ पटक किमोथेरापीपछि शल्यक्रिया गरिने र त्यसपछि ९ पटक किमोथेरापी गर्नुपर्ने चिकित्सकले बताएका महराले जानकारी दिए । एक पटक किमोथेरापीका लागि झण्डै तीस हजार रुपैयाँ खर्च हुने भएकाले आर्थिक अभाव भएको बताइएको छ ।
जमुनाको उपचारमा परिवारकै कमाइले धान्न नसकिने भएपछि सबै मनकारी व्यक्तिहरुलाई सहयोग गरिदिन आग्रह गरिएको छ । जमुनाको प्राण रक्षाका लागि सहयोग गर्ने महानुभावहरुले तलको खातमा रकम जमा गर्न सकिने बताइएको छ ।
भारतका लागि रामसिंह महरा

नेपालका मानसिंह महरा





