Sagun Khabar
सशस्त्रको वैद्यनाथ बाहिनीको २५ औं बार्षिकोत्सव : बैतडीमा सरसफाइ र जनचेतनामूलक कार्यक्रम 

बैतडी –सशस्त्र प्रहरी बल नेपाल नम्बर  ७ वैद्यनाथ बाहिनीको २५औँ बार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेको छ ।

बार्षिकोत्सवको अवसरमा गुल्मले भारतसंग सीमा जोडिएका क्षेत्र, मठमन्दिर र अन्य सार्वजनिक स्थलमा सरसफाइ गरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए । 

यस्तै जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गर्नुका साथै अनाथालय तथा छात्रावासमा रहेका बालबालिकालाई खाजा तथा फलफूल वितरण गरिएको उनले बताए । 

यस्तै विभिन्न विद्यालयहरुमा सीमा अपराध र लागू औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गरिएको गुल्मपति कुँवरले बताए । यस्तै ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रणका बिषयमा सर्वसाधारणहरुका लागि नमूना अभ्यास प्रस्तुत गरिएको उनले बताए । 

सशस्त्र प्रहरीले नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित समुदाय केन्द्रित गतिविधि गरिरहेको गुल्मपति कुँवरले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update