बैतडीको महाकाली नदी किनारमा एक महिलाको शव फेला
बैतडी –बैतडीको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ बर्षीया बिन्दुदेवी साउँद पञ्चेश्वर गाउँपालिका–२ डिम्बरघाट नजिकै सोमबार साँझ ५ बजेतिर मृत अवस्थामा भेटिएकी हुन् ।
सुस्त मनस्थिती रहेकी साउँद चैत ११ गतदेखि हराएकोमा सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्




