Sagun Khabar
बैतडीको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’स्थापना 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ स्थापना गरिएको छ । 

विभिन्न महामारी तथा विपद्को समयमा सूचना आदान–प्रदान गर्नका लागि सतर्कता केन्द्र स्थापना गरिएको केन्द्रका प्रमुख मोहन कलौनलीले बताए । 

आपतकालीन अवस्थामा करिब १ किलोमिटर क्षेत्रसम्म आवाज पुग्ने गरी साइरन बज्ने र बत्तीसमेत बल्ने व्यवस्था गरिएको छ । यसले गाउँबासीलाई तुरुन्तै सतर्क गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै, आपतकालीन बत्ती सञ्चालनमा नआउन्जेल वा अन्य समस्या समाधान नभएसम्म विद्युतिय माध्यमबाट माइकिङ गरी सूचना प्रवाह गरिने जनाइएको छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सतर्कता केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दामा सुरक्षा सचेतना बढ्ने तथा आकस्मिक घटनामा छिटो प्रतिक्रिया दिन सहज हुने विश्वास गरिएको कलौनीले बताए । 

विभिन्न खालका स्वास्थ्य जोखिमहरुबाट बच्न समेत केन्द्रले सहयोग पुर्याउने कलौनीले बताए । श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रले स्थानीयस्तरमै नवीनतम अभ्यासको खोजी गरेर आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update