Sagun Khabar
क्यान्सर पीडित बैतडीका जनक बिष्टलाई व्हिलचेयर प्रदान 

बैतडी–क्यान्सरका कारण हिँडडुल गर्न समस्या झेलीरहेका बैतडीको सुर्नया गाउँपालिका –५ धुलिधारका जनकबहादुर बिष्टलाई व्हिलचेयर प्रदान गरिएको छ । 

क्यान्सरका कारण बिष्टको दुवै खुट्टा काट्नु परेको र उनलाई हिँडडुलमा समस्या भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत व्हिलचेयर प्रदान गरिएको डिड मिसन टु नेपालका प्रबन्ध निर्देशक नन्दराज भट्टले बताए । 

पछिल्लो समयमा धनगढीमा उपचार गराएर घरमै बसीरहेका बिष्टलाई सहजताका लागि व्हिलचेयर प्रदान गरिएको भट्टले बताए । 

व्हिलचेयर प्राप्त भएपछि बिष्टलाई हिँडडुलमा केही सहजता हुने अपेक्षा गरिएको छ । संस्थाले अपांगता भएका व्यक्तिहरुको सहज जीवनयापनमा सक्दो सहयोग गर्दै आएको प्रबन्धक भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update