Sagun Khabar
विचौलियामुक्त सेवा प्रवाह गर्न बैतडी प्रशासनको आग्रह 

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले कसैले विचौलियाको काम गरे कारवाही हुने जनाएको छ । 

जिल्लास्थित सबै कार्यालयहरुलाई सार्वजनिक सेवा विचौलियामुक्त बनाउन आग्रह गरिएको छ । प्रशासनले एक सूचना जारी गर्दै सरकारी कार्यालय वरिपरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रुपमा कसैले रकम असुल गरेको पाइएमा कानुनी कारवाही हुने प्रशासनले जनाएको छ । 

सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाहरु छिटो, छरितो र सरल तरीकाले प्रवाह गर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । 

DAP-1775365463.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update